नबिल बैंकले ११ प्रतिशत नगद लाभांश दिने घोषणा


काठमाडौं । नबिल बैंक लिमिटेडले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट आफ्ना लगानीकर्ताहरुलाई ११ प्रतिशत नगद लाभांश मात्रै दिने भएको छ ।

मंसिर ७ गते बिहान बैंकको केन्द्रीय कार्यालयमा बसेको सञ्चालक समितिको ६४४ औं बैठकले आर्थिक वर्ष २०७९–८० सम्मको सञ्चित मुनाफाबाट सेयरधनीलाई ११ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

यो प्रस्ताव राष्टबैंकबाट स्वीकृत भई आगामी साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।