नेपालको वैदेशिक व्यापार ४ प्रतिशतले घट्यो


काठमाडौँ । चालू आर्थिक वर्षको चार महिनामा ५ खर्ब १२ अर्ब ५० करोड ३४ लाख ७४ हजार रुपैयाँ बराबरको आयात भएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार गत आर्थिक वर्षको यहि अवधिको तुलनामम ३.७९ प्रतिशतले घटेको हो । गत आर्थिक वर्षको यहि अवधिको तुलनामा ५ खर्ब ३२ अर्ब ६९ करोड १३ लाख ८१ हजार रुपैयाँ बराबरको आयात भएको थियो ।

नेपालको आयात ३.७९ प्रतिशतले घट्दा आयात भने ७.६८ प्रतिशतले घटेको छ । चालू आर्थिक वर्षको कार्तिकसम्म ५० अर्ब ५६ करोड ५३ लाख ८१ हजार रुपैयाँ बराबरको निर्यात भएको छ । गत आर्थिक वर्षको यहि अवधिमा ५४ अर्ब ७७ करोड ४३ लाख १६ हजार रुपैयाँ बराबरको निर्यात भएको थियो ।

नेपालको कुल वैदेशिक व्यापार ४.१५ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको यहि अवधिमा ५ खर्ब ८७ अर्ब ४६ करोड ५६ लाख ९७ हजार रुपैयाँ बराबरको व्यापार हुँदा चालू आर्थिक वर्षमा ५ खर्ब ६३ अर्ब ६ करोड ८८ लाख ५४ हजार रुपैयाँ बराबरको भएको छ ।