रेमिटेन्स कम्पनीहरू मध्ये आइएमई लिमिटेड उत्कृष्ट करदाता, कर दिवसका अवसरमा सम्मानित


काठमाडौँ । समग्र रेमिटेन्स कम्पनीहरू मध्ये आइएमई लिमिटेड सबैभन्दा बढी आयकर तिर्ने कम्पनीको रूपमा सम्मानित भएको छ ।

राष्ट्रिय कर दिवस २०८० का अवसरमा आज काठमाडौँमा आन्तरिक राजश्व विभागद्वारा आयोजित विशेष समारोहमा अर्थ मन्त्री डा. प्रकाशशरण महतबाट आइएमई ग्रुपका प्रबन्ध निर्देशक र आइएमई लिमिटेडका संस्थापक तथा सञ्चालक हेम राज ढकालले उक्त सम्मान ग्रहण गरेका हुन् ।

आर्थिक वर्ष २०७८–७९ मा विभिन्न १६ विधामा सर्वाधिक आयकर तिर्ने कम्पनीहरूमध्ये रेमिटेन्स तर्फ आइएमई लिमिटेडले सबैभन्दा बढी आयकर बुझाएको हो ।

सन् २००१ मा स्थापित आइमईले नेपालको समग्र रेमिटेन्स क्षेत्रलाई संस्थागत गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्दै आइरहेको कम्पनीले जनाएको छ । साधारण सेयर निष्कासन गर्ने तयारी गरिरहेको आइएमई सबैभन्दा बढी आयकर तिर्ने कम्पनीका रूपमा यसभन्दा अघि पनि पटक पटक सम्मानित हुँदै आएको छ ।