सहकारीको दर्ता, कार्यक्षेत्र विस्तार र सेवा केन्द्र स्वीकृतिमा रोक लगाउने सरकारकाे निर्णय


काठमाडौँ । सरकारले बचत तथा ऋणको मुख्य कारोवार गर्ने सहकारीको दर्ता, कार्यक्षेत्र विस्तार र सेवा केन्द्र स्वीकृतिमा रोक लगाउने निर्णय गरेको छ ।

देशभर ठूलो संख्यामा रहेका वचत तथा ऋणको कारोवार गर्ने सहकारी संस्थाहरूबाट पछिल्लो समयमा ठूला ठूला बचत स्वीकार गर्ने र जोखिमयुक्त लगानी गर्ने प्रवृत्तिमा वृद्धि भएकाले सरकारले उक्त निर्णय गरेकाे नेपाल सरकारका सहसचिव एंवम् प्रवक्ताले जानकारी दिए ।

संघ, प्रदेश र स्थानीय तहबाट सहकारीको दर्ता, कार्यक्षेत्र विस्तार तथा सेवा केन्द्रको स्वीकृतिमा रोक लगाउने नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको हो ।

कार्तिक २३ गते बसेको बैठकले गरेको निर्णय आज नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले विज्ञप्ति सबै पक्षलाई जानकारी गराएको हो