१३ नाकाबाट निर्यात शून्य


काठमाडौँ । चालू आर्थिक वर्षको कार्तिक महिनासम्म १३ नाकाबाट निर्यात शून्य रहेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार सबै नाकाबाट वस्तु तथा सेवा आयात भएको छ । नेपालमा २९ ओटा नाकाबाट आयात हुँदा निर्यात भने १३ नाकाबाट निर्यात नभएको हो ।

सबैभन्दा बढी निर्यात त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको छ । यस विमानस्थलबाट २५.५९ प्रतिशत भएको छ । मेची भन्सार नाकाबाट १६.०१ प्रतिशत निर्यात गरेको छ ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, जनकपुर नाका, महेशपुर नाका, पोखरा, राजविराज, सेती, सिराहा, सुनसरी, सुथौली, ठाडी र त्रिबेनी नाकाबाट निर्यात नभएको हो ।

चालू आर्थिक वर्षको चार महिनामा ५ खर्ब १२ अर्ब ५० करोड ३४ लाख ७४ हजार रुपैयाँ बराबरको आयात भएको छ ।

गत आर्थिक वर्षको यहि अवधिको तुलनामम ३.७९ प्रतिशतले घटेको हो । गत आर्थिक वर्षको यहि अवधिको तुलनामा ५ खर्ब ३२ अर्ब ६९ करोड १३ लाख ८१ हजार रुपैयाँ बराबरको आयात भएको थियो ।

नेपालको आयात ३.७९ प्रतिशतले घट्दा आयात भने ७.६८ प्रतिशतले घटेको छ । चालू आर्थिक वर्षको कार्तिकसम्म ५० अर्ब ५६ करोड ५३ लाख ८१ हजार रुपैयाँ बराबरको निर्यात भएको छ । गत आर्थिक वर्षको यहि अवधिमा ५४ अर्ब ७७ करोड ४३ लाख १६ हजार रुपैयाँ बराबरको निर्यात भएको थियो ।