अपर लोहोरे खोला हाइड्राेका दुई संस्थापकले २० लाख कित्ता सेयर बिक्री गर्ने


काठमाडौँ । अपर लोहोरे खोलाको दुई संस्थापकले आफ्नो नाममा रहेको सेयर बिक्री गर्ने भएका छन् ।

कम्पनीका अनुसार संस्थापक सेयरधनी विनोदप्रसाद प्रधान र सरिता देवी प्रधानले जनही १० लाख कित्ता अर्थात् कुल २० लाख कित्ता संस्थापक सेयर बिक्री गर्न चाहेको जानकारी कम्पनीलाई दिएका छन् ।

नेपाल धितोपत्र बोर्डद्वारा जारी निर्देशिका अनुसार विद्यमान संस्थापक सेयरधनीलाई प्राथमिकता दिइने व्यवस्था भएकाले इच्छुक संस्थापक सेयरधनीहरूले तोकिएको अवधि अर्थात तीन महिनाभित्र आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

कम्पनी सचिव रोशन रेग्मीद्वारा हस्ताक्षरित सूचनामा सेयर बिक्री सम्बन्धी जानकारी नेपाल स्टक एक्सचेन्ज (नेप्से), सिडिएस एन्ड क्लियरिङ लिमिटेड तथा एनआइएमबी एस क्यापिटल लिमिटेड लाई समेत पठाइएको उल्लेख छ ।