मोबाइल बैंकिङबाट कारोबार बढ्यो


काठमाडौँ । मोबाइल बैंकिङको कारोबार बढेको छ । नेपाल राष्ट्र बैंकको अनुसार २०८० असोज महिना ३ करोड २७ लाख ७२ हजार ८३९ पटकमा २ खर्ब ७७ अर्ब ८२ करोड ४० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

गत आर्थिक वर्षको असोजमा १ खर्ब ६२ अर्ब १३ करोड ७० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

वालेटबाट हुने कारोबार पनि बढेको छ । असोज महिनामा २ करोड २६ लाख २२ हजार १७० पटकमा २२ अर्ब ७९ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । गत आर्थिक वर्षको यहि अवधिमा १५ करोड ७० लाख ३ हजार ४२ पटकमा १६ अर्ब ५६ करोड ८० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

नेपालमा मोबाइल बैंकिङ प्रयोगकर्ता असोजसम्ममा २ करोड २२ लाख ८४ हजार ६२२ जना रहेका छन् वालेटको प्रयोगकर्ता २ करोड २ लाख ७६ हजार १६१ रहेको राष्ट्र बैंकले जनाएको छ ।