आइतबार सुनको मूल्य बढ्यो


काठमाडौँ । आइतबार सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार छापावाला सुनको मूल्य एक लाख १६ हजार ९०० रुपैयाँ पुगेको छ भने तेजावी सुनको मूल्य एक लाख १६ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदी तोलामा २५ रुपैयाँले बढेर प्रतितोला एक हजार ४८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।