एक दिनमा ११ अर्ब रुपैयाँ निक्षेप घट्यो


काठमाडौँ । बैंक तथा वित्तीय संस्थामा एक दिनमा ११ अर्ब रुपैयाँ निक्षेप घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार मंसिर ६ गते ५९ खर्ब ४३ अर्ब रुपैयाँ रहेको निक्षेप मंसिर ७ गते ११ अर्ब रुपैयाँले घटेर ५९ खर्ब ३२ अर्ब रुपैयाँ भएको हो ।

कर्जा प्रवाह पनि एक अर्ब रुपैयाँले घटेको छ । मंसिर ६ गते ४९ खर्ब ७७ अर्ब रुपैयाँ रहेकोमा मंसिर ७ गते ४९ खर्ब ७६ अर्ब रुपैयाँ रहेको छ ।

अन्तर बैंक ब्याजदर २.०७ रहेको छ । राष्ट्र बैंकका अनुसार बैंकहरुको कर्जा निक्षेप अनुपात ८१.०३ प्रतिशत रहेको छ ।