सीजी मोटर्सका नयाँ तीन शोरुम सञ्चालनमा


काठमाडौं । सीजी मोटर्सले एकैपटक तीन नयाँ शोरुम संचालनमा ल्याएको छ । कम्पनीका अनुसार बिर्तामोडमामा फोटेक्स डिस्ट्रिब्यूटर, वीरगञ्जमा मिनोल्टा इन्भेष्टमेन्ट र धनगढीमा ब्रम्हा मोटर्सले डिलरशिप लिएर शोरुम संचालनमा ल्याएका हुन् ।

शोरुमका साथै ग्राहकहरूको सुविधाका लागि तीनैवटा स्थानहरूमा सर्भिस स्टेशन पनि चाँडै संचालनमा ल्याइने कम्पनीले जनाएको हो ।

सीजीले यसअघि काठमाडौँको नक्साल र पोखरा शोरुमबाट सवारीसाधन बिक्री गर्दै आएको छ । चाँडै विराटनगर, लाहान, हेटौंडा, भक्तपुर, चितवन, बुटवल, कोहलपुरमा नयाँ शोरुम संचालनमा ल्याउने सीजी मोटर्सले जनाएको छ ।

कम्पनीले हाल नेपालभर ५० भन्दा बढी स्थानमा चार्जिङ सेवा उपलब्ध गराउँदै आएको छ भने थप ५० ठाउँमा विस्तार गर्ने जनाएको छ ।