एक दिनमा एक अर्ब रुपैयाँ निक्षेप थपियो


काठमाडौँ । बैंक तथा वित्तीय संस्थामा एक दिनमा एक अर्ब रुपैयाँ निक्षेप थपिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार मंसिर ९ गते ५९ खर्ब ३७ अर्ब रुपैयाँ रहेको निक्षेप मंसिर १० गते ५९ खर्ब ३८ अर्ब रुपैयाँ पुगेको हो ।

कर्जा प्रवाह पनि एक दिनमा एक अर्ब रुपैयाँ रहेको छ । मंसिर ९ गते ४९ खर्ब ७५ अर्ब रुपैयाँ रहेको कर्जा प्रवाह मंसिर १० गते ४९ खर्ब ७६ अर्ब रुपैयाँ पुगेको छ ।

बैंक तथा वित्तीय संस्थाको अन्तर बैंक ब्याजदर १.९४ प्रतिशत रहेको छ भने कर्जा निक्षेप अनुपात ८१ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।