अमेरिका पठाईदिन्छु भनी रकम ठगी गर्ने पक्राउ


काठमाडौँ । अमेरिका पठाइदिन्छु भनेर रकम ठगी गर्ने विशाल श्रेष्ठ र शान्ति श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।

काठ्माण्डौं महानगरपालिका वडा नं. १४ बस्ने श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो । चन्द्र बहादुर रावललाई वैदेशिक रोजगारको लागि अमेरिका पठाईदिन्छु भनी रकम असुलेका थिए ।

अमेरिका जानको लागि प्रति व्यक्ति ४० लाख रुपैँया लाग्ने र अमेरिका पुगेपछि प्रतिष्ठित कम्पनिमा मासिक ३ लाख रुपैँया तलब हुन्छ भनी श्रेष्ठले रावललाई बिश्वास दिलाएका थिए । रावलबाट १५ लाख रुपैँया लिई सम्पर्क विहिन श्रेष्ठलाई काठ्माण्डौं वडा ३२ बानेश्वरबाट पक्राउ गरेको हो ।

प्रहरीले पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाएको छ ।