नेप्सेमा आज ३ः२४ बजेसम्म सेयर कारोबार हुने


काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्सेले आज कारोबार समय २४ मिनेट लब्याएको छ ।

बुधबार नेप्सेको कारोबार प्रणालीमा समस्या आएपछि २४ मिनेट सेयर कारोबार रोकिएको थियो । उक्त समयको सोधभर्नास्वरुप नेप्सेले कारोबारको नियमित समयपछि २४ मिनेट थप गरिएको जनाएको छ ।

बुधबार बिहान विद्युत् आपूर्तिमा आएको अवरोधका कारण सिस्टम डाउन हुँदा प्रि(ओपनिङ कारोबार नै हुन सकेन भने नियमित कारोबार पनि २४ मिनेट अवरुद्ध हुन पुगेको थियो ।

कारोबार समय थप बारे जानकारी दिँदै नेप्सेले सूचनामा लेखेको छ, ूआज मिति २०८०।०८।१३ मा नियमित सत्रको कारोबार ११ः२४ देखि सुचारु भएको छ । कारोबार अवरुद्ध भएको समय (२४ मिनट) थप गरेर कारोबार समय ३ः२४ सम्म कायम गरिएको व्यहोरा समेत अनुरोध छ ।ू