नेप्से १८ अंकले घट्यो, ३ कम्पनीको सेयरमूल्यमा नकरात्मक सर्किट


काठमाडौं । साताको कारोबारको अन्तिम दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीबार सेयर मापक सूचक नेप्से परिसूचक १८.०६ अंकले घटेर १८५८.५३ अंकमा पुगेको छ ।

नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहममध्ये म्यूचअुल फण्डबाहेक सबै उपसमुहहरु राताम्ये बनेका छन् ।

बिहीबार कारोबार रकमका आधारमा नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमोटर सेयर अग्रस्थानमा रहेको छ ।

आजको दिन नेप्सेमा रुरु जलविद्युत् कमपनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य ५.६३ प्रतिशतले बढेको छ ।

त्यस्तै ३ कम्पनीको लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।

विजय लघुवित्त, मेन इनर्जी नेपाल र युनाईटेड आइएडीआई मर्दी आरबी हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । यी तीनै कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेर नकरात्मक सर्किट लागेको छ ।

कुल २८९ कम्पनीको ४५ लाख ९५ हजार ५ सय ५३ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ३२ करोड ३५ लाख १९ हजार ३ सय ३५ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएकाे छ ।