काठमाडौँ । आजदेखि १८औँ संस्करणको ‘नाडा अटो शो २०२६’ भृकुटीमण्डपमा सुरू भएको छ । भदाै ९ गतेदेखि १४ गतेसम्म काठमाडौँको भुकुटीमण्डपमा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा चल्ने १८औं संस्करणको नाडा अटो साे काे उद्घाटन उपराष्ट्रपति रामसहाय प्रसाद यादवले गरेका हुन् ।
नाडा अटो शो को मुख्य उद्देश्य सम्पूर्ण अटोमोटिभ इको सिस्टमलाई एउटै मञ्चमा ल्याउनु र आगन्तुकहरूलाई बजारमा उपलब्ध नवीनतम उत्पादन, प्रविधि तथा नवप्रवर्तनको प्रत्यक्ष अनुभव गर्ने अवसर प्रदान गर्नु हो।
यस प्रदर्शनीमा साना ठूला गरी २०० भन्दा बढी स्टलहरू छन् जस्मा २३ वटा ब्राण्डका पेसेन्जर कार भेहिकल, १७ वटा ब्राण्डका लाइट कमर्शियल भेहिकल, १३ वटा ब्राण्डका दुई पांग्रे, १० वटा वित्तीय एवं बीमा सेवा प्रदायकहरू तथा ७० वटा अटोमोटिभ पार्टपुर्जा, एसेसरिज, टायर, लुब्रिकेन्ट्स, ग्यारेज उपकरण, र अटोमोबाइल सम्बन्धी अन्य उत्पादन र सेवाहरू प्रदर्शन गरिनेछन् र यी स्टलहरूमा नेपालमा एसेम्बल हुने सवारी साधन, ल्युब, व्याट्री, हेल्मेट एवं अन्य सामाग्रीहरू समेत रहेका छन्।




























प्रतिक्रिया दिनुहोस्