‘भन्सार दर र भ्याट जोडेर भारतको जिएसटी बराबर हुनुपर्दछ’


काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशले भारतीय वस्तुमा भन्सार दर र मूल्य अभिवृद्धि कर (भ्याट) जाेडेर भारतको जिएसटी बराबर हुनुपर्ने जनाएको छ ।

महासंघ मधेश प्रदेशले अर्थमन्त्री डा. प्रकाशशरण महतलाई सुझावहरु दिँदै भारतीय वस्ुतमा भन्सार दर प्लस भ्याट भारतको जिएसटी बराबर हुनुपर्ने सुझाव दिएको हो ।

भारतीय वस्तुमा लाग्ने भन्सार महशुल र भ्याट भारतको जिएसटी भन्दा बढि भएकोले तस्करी बढिरहेको भन्दै बराबर हु्नुपर्ने सुझाव दिएको हो ।

बराबर भएमा तस्करी हुने माल सामान पनि भन्सारबाट आउने र भारतीय बजारबाट किनमेल गर्दै आएका नेपाली उपभोक्ताहरुले त्यो बन्द गर्ने उल्लेख गरिएको छ ।

कच्चा पदार्थ आयातमा भन्सारदर सबैको समान हुनुपर्ने सुझाव दिएको छ । उद्योगले कच्चा पदार्थ आयात गर्दा भन्सार महशुल कम लाग्ने र बिक्रेताले आयात गर्दा भन्सार महशुल बढि लाग्ने गरेको भन्दै आयातमा भन्सारदर समान हुनुपर्ने सुझाव दिएको हो ।
बिक्रेताले आयात गरेर साना उद्योगीहरुलाई बिक्रि गर्ने कारण साना उद्योगीलाई कच्चा पदार्थको मूल्य महङ्गो पर्ने भएका कारण उद्योग चलाउन कठिन भएको उल्लेख गरिएको छ ।

नक्कली बिजकीकरण र आयात निर्यातमा पारदर्शिताको लागि भारतीय कस्टम तथा नेपाल भन्सारका सफ्टवेयरहरु आपसमा रिडेबल म्याच हुने सुझाव दिएको छ ।