नयाँ गीत ‘सुस्त सुस्त’ सार्वजनिक


काठमाडौँ । डा. नारद पोखरेलको शब्द तथा गायिका संगीता राणा प्रधानको स्वर रहेको नयाँ गीत ‘सुस्त सुस्त’ सार्वजनिक भएको छ ।

लभ एण्ड सपोर्ट फाउन्डेसनको आयोजनामा ललितपुरको जावलाखेलस्थित रिडी लाउन्जमा एक कार्यक्रमकाबिच गीत सार्वजनिक गरिएको हो । गीतको म्युजिक एरेन्जर चन्द सिंह र म्युजिक कम्पोजर मनोज राई रहेका छन् ।

एसएस रेकर्डिङ स्टुडियो युट्युव च्यानलबाट सार्वजनिक गरिरएको गीतको म्युजिक भिडियो पनि छिटै तयार गरिने लभ एण्ड सपोर्ट फाउन्डेसनले जनाएको छ । लभ एण्ड सपोर्ट फाउन्डेसन गैर नाफामूलक संस्था हो ।

अमेरिकाको नर्थ क्यारोलिनामा प्रधान कार्यालय रहेको संस्थाको नेपाल, भारत लगायतका मुलुकमा शाखा कार्यालय छन् ।

विश्वभर छरिएर रहेका नेपालीहरूका लागि सहयोगी भूमिका निर्वाह गर्ने उद्देश्य रहेको फाउन्डेसनको नेपाल र भारतको सिक्किमस्थित शाखाको संयुक्त पहलमा संगीत क्षेत्रका शिखर पुरुष अम्बर गुरुङको सालिक गत नोबेम्भरमा अनावरणसमेत गरिएको थियो ।