काठमाडौं । समयमै काम सम्पन्न नगर्ने ५ निर्माण कम्पनीहरु कालोसूचिमा परेका छन् । मंगलबार सार्वजनिक खरिद अनुगमन कार्यालयले एक सूचना जारी गर्दै ५ ओटा कम्पनीलाई कालोसूचिमा राखेको हो ।
भारत कन्स्ट्रक्सन,मैनाचुली – सिद्धिसाई जेभी पुतलीसडक तीन वर्षसम्म कालोसूचीमा परेको छ । भारत कन्सट्रक्सनका मुख्य व्यक्ति राजिव गुर्गा, मैनाचुली निर्माण सेवा प्रालिका मुख्य व्यक्ति मदन कुमार अधिकारी र सिद्धिसाई प्रकाश कन्स्ट्रक्सन प्रालिका मुख्य व्यक्ति दिपेन्द्रबहादुर शाही छन् ।
यसैगरी मैनाचुली–सिद्धिसाई जेभी नयाँबानेश्वर दुई वर्षसम्म कालोसूचीमा परेको छ ।
शेर्पा–हेना–सुनामी जेभी विदुर–७ नुवाकोट एक वर्षसम्म कालोसूचीमा परेको छ । शेर्पा कन्स्ट्रक्सनको मुख्य व्यक्ति फुर्तेम्बा शेर्पा, हेना कन्स्ट्रक्सनका मुख्य व्यक्ति गणेशबहादुर बस्नेत र सुनामी कन्स्ट्रक्सनको मुख्य व्यक्ति पोष्टबहादुर बोगटी छन् ।
यसैगरी विक्रम तामाङ मुख्य व्यक्ति रहेको कार्स्याङ कन्स्ट्रक्सन एण्ड सप्लायर्स र हरिराम बोहरा मुख्य व्यक्ति भएको इजोन निर्माण सेवा पनि एकरएक वर्षका लागि कालोसूचीमा परेका छन् ।
कालोसूचीमा परेका कम्पनीहरुले कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउँदैनन्
प्रतिक्रिया दिनुहोस्