चालु आर्थिक वर्षमा आर्थिक वृद्धि ४ देखि ५ प्रतिशत रहने : गर्भनर


काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आ वमा ४ देखि ५ प्रतिशत मात्रै आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ।

बुधबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले संघीय संसदको अर्थ समितिलाई मौद्रिक नीतिको हालसम्मको कार्यान्वयन र उपलब्धि विवरण पेस गर्दै चालू आवमा ४–५ प्रतिशत मात्र आर्थिक वृद्धि आकलन गरिएको बताएका हुन्।

उता सरकारले भने आर्थिक वर्ष २०८०–०८१ को बजेटमा ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेको छ।

आर्थिक वर्षमा पर्यटन आगमन, रेमिट्यान्सको वृद्धि र कर्जा प्रवाह बढ्न थालेका कारण ४–५ प्रतिशतको आर्थिक वृद्धि गर्न सकिने राष्ट्र बैंकको आँकलन छ।