एनसेलले भन्यो,‘कर तिर्नुपर्ने भएमा नेपालको कानुन पालना गर्न प्रतिबद्ध छौँ ’


काठमाडौँ । एनसेलले पछिल्लो शेयर कारोबारलाई लिएर कुनै कर तिर्नुपर्ने भएमा नेपालको कानुन पालना गर्ने प्रतिबद्धता जनाएको छ ।

आज विज्ञप्ति जारी गर्दै एनसेलले आजको दिनसम्मको सबै कर दायित्वहरू सम्पूर्ण रुपमा पालना गरेको उल्लेख गर्दै भनेको छ,“ यो कारोबारलाई लिएर कुनै कर तिर्नुपर्ने भएमा नेपालको कानु अनुसार यसको पालना गरिने छ । यस प्रक्रियामा एनसेल कर कानुनको पालना गर्न प्रतिबद्ध रहेको छ ।”

ऐनसेलले आवश्यक सहमतिहरूका लागि नेपाल दूरसञ्चार प्राधिकरणसँग छलफल गरिरहेको समेत जानकारी गराएको छ । ऐनसेलले जारी गरेको विज्ञप्तिमा पछिल्लो पटक भएको शेयर कारोबारको इन्टरप्राइज भ्यालु लगभग ४८ करोड अमेरिकी डलर रहको समेत उल्लेख गरेको छ ।

ऐनसेलका खरिदकर्ता शतिशलाल आचार्यले ऐनसेल आफूले प्रतिस्प्रधामार्फत प्राप्त गरेको समेत दाबी गरेका छन् ।

एनसेल खरिद गर्ने कम्पनी स्पेक्ट्रलाइट युके लिमिटेडका सतिशलाल आचार्यले थुप्रै प्रतिस्प्रधिहरूबाट आफ्नो कम्पनी छानिएको दाबी गरेका छन् ।

आजियाटाले आफ्नो आधारभूत रकमबाहेक सन् २०२९ सम्म थप लाभहरू नाफा बाँडफाँडको रुपमा प्राप्त गर्ने विज्ञप्तिमा उल्लेख छ ।