भरतपुर महानगरलाई चीनले दियो १० किलोमिटर टाढाका दृश्य सजिलै कैद गर्न सकिने ‘साइडबोट’


चितवन । चीनले भरतपुर भ्रमण वर्ष २०२४ लाई लक्षित गर्दै साइडबोट उपकरण उपलब्ध भएको छ ।

चीनको सिआन सिटीका प्रतिनिधिले बिहिवार महानगरपालिका पुगेर पर्यटकीय पूर्वाधार साईडबोट उपलब्ध गराएका हुन् ।

साइडबोट भनेको एआई प्रविधि जडित तस्वीर र दृश्य कैद गर्ने उच्चस्तरीय क्यामरा हो ।

यो उपकरणलाई चीनको सिआनबाट आएको टोलीले भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाललाई हस्तान्तरण गरेको थियो ।

यो उपकरणले १० किलोमिटर टाढाका दृश्यहरूलाई सजिलै कैद गर्न सक्छ ।

एआई उपकरणको सहयोगले कुनै पनि दृश्यको बारेमा सजिलै जानकारी दिन सक्ने निर्माण कम्पनीले जनाएको छ । यसले आँखाले नदेख्ने दृश्यलाई पनि सजिलै कैद गर्न सकिने महानगरपालिकाले जनाएको छ ।

चेम्बर अफ कर्मसका सेक्रेटरी डा. उ जिन र कग्निसर कम्पनीले भरतपुरको उपकरण राख्न सकिने पर्यटकीय स्थानमा सर्वे गर्ने छ । बाँकी स्थानमा आवश्यक उपकरण ल्याउने जनाएको छ ।

भ्रमण वर्षमा आउने पर्यटकले यो उपकरणको प्रयोगबाट लाभ लिन सक्ने महानगरले विश्वास गरेको छ । भरतपुरमा प्रमुख ७ पर्यटकीय गन्तव्यसहित ३ दर्जन पर्यटकीय स्थान रहेका छन् ।