राष्ट्र बैंकले बैंकदर, नीतिगत दर र निक्षेप संकलन बोलकबोल दर घटायो (पूर्णपाठ)


काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक दर, नीतिगत दर, निक्षेप संकलन बोलकबोल दर घटाएको छ ।

मौद्रिक नीति पहिलो त्रैमासिक समिक्षामा राष्ट्र बैंकले बैंक दरल, नीतिगत दर र निक्षेप संकलन बोलकबोल दर घटाएको छ भने अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपातसम्बन्धी व्यवस्था यथावत राखिएको छ ।

मुद्रास्फीतिलाई प्रभाव पार्ने विभिन्न पक्षहरुको विश्लेषण, शोधनान्तर स्थिति र निजी क्षेत्रतर्फ जाने बैंक कर्जाको वृद्धिदरलाई दृष्टिगत गरी दरहरु घटाएको उल्लेख गरेको छ ।

राष्ट्र बैंकले बैंक दर ७.५ प्रतिशतबाट घटाई ७ प्रतिशत, नीतिगत दर ६.५ प्रतिशतबाट घटाई ५.५ प्रतिशत र निक्षेप संकलन बोलकबोल दर ४.५ प्रतिशतबाट घटाई ३.० प्रतिशत कायम गरेको छ ।