सेयर धितो कर्जामा राष्ट्र बैंकले जोखिमभार घटायो


काठमाडौँ । राष्ट्र बैंकले रियल स्टेट कर्जा र सेयर धितो कर्जाको जोखिमभार घटाएको ।

राष्ट्र बैंकले आर्थिक वर्ष २०८० ८१ को पहिलो त्रैमासिक मौद्रिक नीति समिक्षा सार्वजनिक गर्दै रियल स्टेट कर्जा र सेयर धितो कर्जाको जोखिम भार घटाएको हो ।

बैंैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने रियल स्टेट कर्जा र रु.५० लाखभन्दा बढीको सेयर धितो कर्जाको जोखिम भार घटाई १२५ प्रतिशत कायम गरिने राष्ट्र बैंकले जनाएको छ ।