बाह्य विज्ञहरु सम्मिलित मौद्रिक नीति सल्लाहकार समिति गठन गरिने


काठमाडौँ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सल्लाहकार समिति गठन गर्ने भएको छ । राष्ट्र बैंकले आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासिक मौद्रिक नीति समिक्षामा बाह्य विज्ञहरु सम्मिलित मौद्रिक नीति सल्लाहकार समिति गठन गर्ने उल्लेख गरेको छ ।

मौद्रिक नीतिको कार्यदिशा, संरचना, लक्ष्य र उपकरणका सम्बन्धमा सुझावका लागि बाह्य विज्ञहरु सम्मिलित मौद्रिक नीति सल्लाहकार समिति गठन मौद्रिक नीतिमा उल्लेख गरिएको छ ।