सरकारी वित्त थप दबाबमा पर्ने देखिन्छ: राष्ट्र बैंक


काठमाडौँ । सरकारी वित्त थप दबाबमा पर्ने देखिएको राष्ट्र बैंकले जनाएको छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशमा गएकोे भूकम्पका कारण धनजनको क्षति भएका कारण हजारौंको संख्यामा घरहरु भत्किएको कारण पुर्ननिर्माण र पुर्नस्थापना गर्न ठूलोे लगानी गर्नुपर्ने भएकाले सरकारी वित्तमा थप दबाब पर्ने देखिएको उल्लेख गरिएको छ ।

“भूकम्प प्रभावित नागरिकहरुको उद्धार, पुर्नस्थापना र पुननिर्माणमा ठूलो लगानी गर्नु पर्ने देखिएकोले सरकारी वित्त थप दबाबमा पर्ने देखिन्छ,” मौद्रिक नीति पहिलो त्रैमासिक समिक्षमा भनिएको छ ।

सरकारी वित्तमा दबाब परेपनि पुर्नस्थापना र पुननिर्माणलाई गति दिन सकिएमा यसबाट आर्थिक गतिविधि चलायमान बनाउन सहयोग पुग्ने उल्लेख गरिएको छ ।

राष्ट्र बैंकले कृषि क्षेत्रको वृद्धिदर सन्तोषजनक रहने अनुमान गरेको छ । मनसुन केही ढिलै शुरु भएपनिसन्तोषजनक रहेको, समयमा रासायनिक मलको उपलब्धता र धानको न्यूनतम समर्थन मूल्य तोकिएकोले कृषि क्षेत्रको वृद्धिदर सन्तोषजनक रहने अनुमान गरेको हो ।