संयोजक दुर्गा प्रसाईंकाे घाँटीको शल्यक्रिया


काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति नागरिक बचाउन महाअभियानका संयोजक दुर्गा प्रसाईंकाे घाँटीको शल्यक्रिया भएको छ ।

शुक्रबार बेलुकी प्रसाईंको घाँटीको सफल शल्यक्रिया भएको सचिवालयले जनाएको छ घाँटीमा फोका उठेर बोल्न असहज भएपछि प्रसाईंको सामान्य शल्यक्रिया गरिएको हो ।

आफ्नै स्वामित्व रहेको अस्पताल बि एण्ड सि अस्पताल झापामा प्रसाईंले घाँटीको शल्यक्रिया गराएका हुन् ।

डाक्टरहरूले कम्तिमा तीन दिन नबोल्न उहाँलाई सल्लाह दिएका छन् । संयोजक प्रसाईंले कम्तिमा १ हप्ता आराम गर्ने उनको सचिवालयले जनाएको छ । यसअघि प्रसाईंको घाँटीको शल्यक्रियापछि निको भएको थियो ।