रोयल इनफिल्डले ल्यायाे एडभेन्चर बाइक ‘हिमालयन ४५०’, यस्ता छन् विशेषता


काठमाडौँ । रोयल इनफिल्डको नयाँ एडभेन्चर बाइक ‘हिमालयन ४५०’ भारतमा सार्वजनिक भएको छ।

कम्पनीले यसलाई चार वटा कलर भेरियन्टमा ल्याएको छ। यो नयाँ बाइक अब भारत साथै बेलायत, फ्रान्स र इटाली जस्ता अन्तर्राष्ट्रिय बजारमा पनि उपलब्ध हुनेछ ।

कम्पनीका अनुसार नयाँ हिमालयन ४५० को भारतमा मूल्य २ लाख ६९ हजार भारु छ भने इटाली र फ्रान्समा यसको मूल्य ५९०० यूरो रहेको छ । योसँगै बेलायतमा यो बाइकको मूल्य ५७५० पाउण्ड बराबर छ ।

नयाँ रोयल इन्फिल्ड हिमालयन अघिल्लो मोडल भन्दा महँगो रहेकाे कम्पनीकाे दाबी छ । त्यस्तै केही समय अघि विश्वबजारमा सार्वजनिक भएकाे हिमालयन ४११ को मूल्य २ लाख १५ हजारदेखि २ लाख ३० हजार भारुसम्म थियो। यस दृष्टिकोणबाट हेर्दा नयाँ हिमालय ५४ हजार भार महँगो रहेकाे छ । कम्पनीले बाइकको विभिन्न विषयलालाई ध्यानमा राख्दै मूल्य बढाएको हो ।

हिमालयन पुरानो मोडल भन्दा धेरै फरक र नयाँ विशेषताले भरिपूर्ण रहेकाे कम्पनीकाे दाबी छ। नयाँ डिजाइन, नयाँ इन्जिन र धेरै नयाँ र उन्नत सुविधाहरू यसमा समावेश गरिएको छ।

रोयल इन्फिल्डले यस बाइकमा ४५२ सीसी क्षमताको सिंगल सिलिन्डर, हिमालयनमा लिक्विड-कूल्ड इन्जिन दिएको छ, जसले लगभग ४० बीएचपीको पावर र ४० एनएमको पीक टर्क उत्पन्न गर्छ। पुरानो हिमालयको ४११ सीसी इन्जिनले २४.३ बीएचपी पावर मात्र उत्पादन गर्दथ्यो ।

नयाँ हिमालयन गोलाकार आकारको इन्धन ट्याङ्कीको साथ आउँछ। अघिल्लो मोडेलमा इन्धन ट्याङ्की आकारमा आयताकार थियो। ट्याङ्कीको साइज परिवर्तन गरेर यसको क्षमता पनि बढेको छ । यसको क्षमता १५ लिटरबाट बढेर १७ लिटर पुगेको छ ।