इजरायल पठाइदिने भन्दै गैरकानुनी रकम उठाउने समूह सकृय,सचेत रहन विभागको आग्रह


काठमाडौँ । इजरायल पठाइदिने भन्दै गैरकानुनी रकम उठाएको जानकारी प्राप्त भएको भन्दै सचेत रहन वैदेशिक रोजगार विभागले आग्रह गरेको छ ।

विभागले विज्ञप्ति जारी गर्दै इजरायलका विभिन्न क्षेत्रमा रोजगारीको प्रलोभन देखाई विभिन्न व्यक्ति तथा समूहहरूले गैरकानुनी रुपमा प्रलोभवनमा पारी रकम उठाउने गरेको सूचना यस विभागमा प्राप्त भएको भन्दै कृषि क्षेत्रको ‘लर्न एण्ड अर्न’ कार्यक्रम तथा अन्य क्षेत्रको नाममा हुन सक्ने ठगीबाट सचेत रहन आग्रह गरेको छ ।

नेपाल सरकार र इजलायल सरकारबिच सम्पन्न श्रम सम्झौता बमोजिम इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा नेपालबाट सहायक कामदार पठाउने गरेको छ ।

त्यस्तै इजरायलको कृषि क्षेत्रमा नेपाली श्रमिकहरू लैजाने सम्बन्धमा नेपाल सरकार र इजरायल सरकारबिच छलफल भइरहेको तर कुनै निर्णय नभएको विभागले जनाएको छ ।