संघीय संसदको कार्यवाहक महासचिवको जिम्मेवारी पाण्डेलाई


काठमाडौँ । संघीय संसदको कार्यवाहक महासचिवको जिम्मेवारी पद्मप्रसाद पाण्डेले पाएका छन् ।

सभामुख देवराज घिमिरेले पद्मप्रसाद पाण्डेलाई कार्यवाहक महासचिव नियुक्त गरेका हुन् ।

पाण्डे कार्यवाहक महासचिव नियुक्त भएको संघीय संसदका प्रवक्ता टेकराज गिरीले जानकारी दिए ।

संघीय संसदका महासचिव भरतराज गौतमले राजीनामा दिएपछि पाण्डेलाई सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले महासचिवमा सिफारिस गरेका थिए ।

राष्ट्रपति रामचन्द्र पौडेलले महासचिव नियुक्तिमा ढिलाई गरेपछि पाण्डेलाई कार्यवाहकको जिम्मेवारी दिइएको हो ।

सभामुख र राष्ट्रिय सभाका अध्यक्षको सिफारिसमा राष्ट्रपतिले संसदको महासचिव नियुक्त गर्ने व्यवस्था छ ।