साफ्टा हटाउन छलफल अगाडी बढाउछौँ :अर्थमन्त्री डा. महत


काठमाडौँ । अर्थमन्त्री डा. प्रकाश शरण महतले दक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्र (साफ्टा) हटाउन कुरा अगाडी बढाउने बताएका छन् ।

बुधबार अर्थमन्त्रालयमा पत्रकारसँग छलफल कार्यक्रममा अर्थमन्त्री डा. महतले यसलाई हटाउन अन्तरिक छलफल गर्ने बताएका हुन् ।

“सार्क राष्ट्रहरुमा बंगलादेशले सय प्रतिशतभन्दा माथि कर लगाउने नेपाल ७ प्रतिशतभन्दा माथि कर लगाउन नपाउने अवस्था छ । त्यसकारण यसलाई हटाउन अन्तरिकरुपमा छलफल अगाडी बढाउँछौँ,” उनले भने ।

यस्तै, उनले आर्थिक क्रियाकलाप क्रमश सुधार हुँदै गएको बताएका छन् । उनले भने, “पुँजीगत खर्च करिब ६.० प्रतिशतले वृद्धि, भन्सार महशुल १३ प्रतिशत, मूल्य अभिवृद्धि कर ७.१९ प्रतिशत, आयकरतर्फ करिब १२ प्रतिशत र समग्र कर राजस्वतर्फ ७.५७ प्रतिशत वृद्धिदर रहेको छ ।”

पत्रकारसँगको छलफलमा उनले लगानी सम्मेलन अगाडी कन्ट्रि रेटिङ गर्ने बताएका छन् । २०८१ वैशाख ९ र १० गते सरकारले लगानी सम्मेलन घोषणा गरी त्यसको तयारी सुरु गरेको छ ।