विदेशी विनिमय सञ्चिती १६ खर्ब ९६ अर्ब


काठमाडौँ । विदेशी विनिमय सञ्चिती २०८० कार्तिक मसान्तसम्म १६ खर्ब ९६ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ । २०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ रहेको कुल विदेशी विनिमय सञ्चिति १०।२ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ ।

अमेरिकी डलरमा यस्तो सञ्चिति ८.९ प्रतिशतले वृद्धि भएको छ । २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा २०८० कात्तिक मसान्तमा ८।९ प्रतिशतले वृद्धि भएर १२ अर्ब ७५ करोड पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति १०.८ प्रतिशतले वृद्धि भएको छ । २०८० असार मसान्तमा १३ खर्ब ४५ अर्ब ७८ करोड रुपैयाँ रहेको सञ्चिती कात्तिक मसान्तमा १४ खर्ब ९० अर्ब ८३ करोड रुपैयाँ पुगेको उल्लेख गरेको छ ।

राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्था ९नेपाल राष्ट्र बैंक बाहेक० सँग रहेको विदेशी विनिमय सञ्चिति २०८० असार मसान्तमा १ खर्ब ९३ अर्ब ५९ करोड रुपैयाँ रहेकोमा २०८० कात्तिक मसान्तमा ६.४ प्रतिशतले वृद्घि भई २ खर्ब ५ अर्ब ९५ करोड रुपैयाँ कायम भएको छ । २०८० कात्तिक मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.८ प्रतिशत रहेको राष्ट्र बेंकले जनाएको छ ।

बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १३.६ महिनाको वस्तु आयात र ११.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको उल्लेख गरिएको छ । आर्थिक वर्ष २०८०/८१ को चार महिनाको आयातलाई आधार मान्दा वस्तु आयात र वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने उल्लेख गरिएको छ ।

राष्ट्र बैंकका अनुसार २०८० कात्तिक मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३१।५ प्रतिशत, ९४.३ प्रतिशत र २६.७ प्रतिशत रहेका छन् । २०८० असार मसान्तमा यी अनुपातहरु क्रमशः २८.६ प्रतिशत, ८३.० प्रतिशत र २५.१ प्रतिशत रहेका थिए ।