नेप्से ६ अंकले बढ्दा कारोबार रकम ३ अर्ब माथि


काठमाडौं । साताको कारोबारको अन्तिम दिन सेयरबजारमा सामान्य वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीबार सेयर मापक सूचक नेप्से परिसूचक ६.५५ अंकले बढेर १९९४.६० अंकमा पुगेको छ ।

आजको दिन नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये ५ वटा उपसमुहको सेयर मूल्य घटेको छ भने बाँकी ८ वटा उपसमुहको सेयरमूल्य घटेको छ ।

आजको दिन नेप्सेमा सोनापूर मिनरल्स एण्ड आयल लिमिटेड कारोबार रकमको आधारमा अग्रस्थानमा रहेको छ । कम्पनीको १६ करोड ४ लाख ७८ हजार ४ सय ३१ रुपैयाँको कारोबार भएको छ ।

आजको दिन नेप्सेमा बोटलर्स नेपाल (बालाजु), हिमालयन लघुवित्त वित्तीय संस्था,नेपाल हाइड्रो डेभलपर्स, नेपाल रिपब्लिक मिडिया लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् ।

यी चारओटै कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ । त्यस्तै अन्य ६ वटा कम्पनीको सेयरमूल्य पनि ९ प्रतिशतले बढेको छ ।

बिहीबार गुराँस लघुवित्त वित्तीय संस्था, मानुसी लघुवित्त वित्तीय संस्था, सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । यी तीनै कम्पनीको सेयरमूल्य क्रमश ४.९८,४.७८ र ४.०४ प्रतिशतले घटेको छ ।

कुल ३०० कम्पनीको ९ करोड ६३ लाख ७ हजार ४ सय ५५ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब १५ करोड १६ लाख ३५ हजार ७ सय ५० रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।