४ महिनामा ३६.१० अर्ब रुपैयाँको साधारण सेयर सूचिकृत


काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ४ महिनामा ३६ अर्ब रुपैयाँ बढिको साधारण सेयर सूचिकृत भएको छ ।

नेपाल राष्ट्रबैंकले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको पहिलो चार महिनामा ३६ अर्ब १० करोड बराबरको साधारण सेयर नेप्सेमा सूचिकृत भएको छ ।

त्यस्तै ३ अर्ब ८४ करोड रुपैयाँको हकप्रद सेयर र रु.२ अर्ब ५४ करोड बराबरको बोनस सेयर गरी कुल रु.४२ अर्ब ४८ करोड बराबरको थप धितोपत्र सूचीकृत भएको प्रतिवेदनमा उल्लेख छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०८० कात्तिक मसान्तमा सूचीकृत ७ अर्ब ८८ करोड सेयर संख्याको चुक्ता मूल्य रु.७८१ अर्ब ३८ करोड रहेको छ ।

समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले रु.८ अर्ब ५१ करोड बराबरको साधारण सेयर, रु.३ अर्ब २० करोड बराबरको डिबेन्चर, रु.२ अर्ब ५० करोड बराबरको म्युचुअल फण्ड र रु.१ अर्ब १० करोड बराबरको हकप्रद सेयर गरी कुल रु.१५ अर्ब ३१ करोड बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ ।