जीवन विकास लघुवित्तको लाभांश घोषणा, बोनस सेयर कति ?


काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण गरेको छ । संस्थाले गत आर्थिक वर्षका मुनाफाबाट आफ्ना सेयरधनीलाई १४.७३ प्रतिशत लाभांश घोषणा गरेको हो ।

कम्पनीको पुस १ गते बसेको सञ्चालक समितिको ८८ औं बैठकले गत वर्षको वितरणयोग्य मुनाफाबाट १४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि आवश्यक ०।७३६९ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।

समितिको उक्त प्रस्ताव नेपाल राष्ट्रबैंकबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन् ।