काठमाडौँ । सर्लाहीको बसबरिया गाउँपालिकाका अध्यक्ष रामसिहासन राय पक्राउ परेका छन्। वडा सदस्यको हस्ताक्षर किर्ते गरी गाउँसभाबाट नीति तथा कार्यक्रम पारित गरेको आरोपमा उनी प्रकाउ परेका हुन ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीले रायलाई मंगलबार साँझ बसबरिया गाउँपालिका–१ स्थित आफ्नै निवासबाट पक्राउ गरेको हो। ५५ वर्षीय रायविरुद्ध सरकारी कागज किर्तेसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
आर्थिक वर्ष २०८०र८१ को नीति तथा कार्यक्रम पेस गर्न २०८० असार १० गते आयोजित गाउँसभामा अनुपस्थित रहेकी एक वडा सदस्यको हस्ताक्षर किर्ते गरी नीति तथा कार्यक्रम पारित गरिएको भन्दै प्रहरीमा उजुरी परेको थियो।
उक्त उजुरीका आधारमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको थियो। सर्लाही जिल्ला अदालतबाट २०८३ असोज १६ गते पक्राउ अनुमति प्राप्त भएपछि रायलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्