हेटौँडा सिमेन्ट उद्योग पिपिपी माेडलमा परिर्वतन गरेर सञ्चालन गर्नुपर्छ : महाप्रबन्धक पाण्डे


काठमाडौं । हेटौँडा सिमेन्ट उद्योग लिमिटेडका महाप्रबन्धक वसन्त कुमार पाण्डेले उद्योगको ढाँचा परिवर्तन गरेर सञ्चालन गर्नु पर्ने बताएका छन् ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा महाप्रबन्धक पाण्डेले हेटौडा सिमेन्ट उद्योगकाे लागि १ अर्ब ६० करोड रूपैयाँ माग गर्दै सार्वजनिक निजी साझेदारी (पीपीपी) ढाँचामा जानु पर्ने बताएका हुन् ।

उनले भने, “उद्योगमा सरकारले १ अर्ब ६० करोड रुपैयाँ लगानी गरेर मोडेल परिवर्तन गरेर उद्योग बचाउनु पर्ने बताए । उनले भने, हामीले ४० वर्ष सम्म हेरिसकेऊ अब सरकारले लगानी गरेर मोडेल परिवर्तन नगरे बन्द हुने अवस्था आउँछ ।”

समितिमा उद्योगको सावा भन्दा ब्याज बढिरहेको जानकारी गराउँदै, उनले भने, “साँवा १२ करोड रुपैयाँ रहेको र ब्याज १२ करोड रुपैयाँ छ । यो उद्योग चले पनि घाटा नचले पनि घाटा छ ।”