लाभांश सञ्चित गर्दै हिमालयन बैंक


काठमाडौं । हिमालयन बैंकले लाभांश नदिने भएको छ । बैंकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट आफ्ना सेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

कम्पनीको बुधबार सम्पन्न सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

सो बैठकले लाभांश वितरण नगर्ने निर्णयसहितको वित्तीय विवरणहरु स्वीकृतिको लागि नेपाल राष्ट्र बैंकमा पठाउने निर्णय गरेको छ ।

साथै कम्पनीले गत आवको नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण स्वीकृत गर्ने प्रस्तावसहितका वित्तीय विवरणहरु राष्ट्र बैंकबाट अनुमोदन पछि साधारण सभामा पेश गर्ने छ।