नेप्से ३५ अंकले बढ्दा ११ कम्पनीमा सकरात्मक सर्किट


काठमाडौं । साताको कारोबारको चौथो दिन पनि सेयरबजारमा हरियाली कायमै रहेको छ । केहि दिनदेखि लगातार बढेको बजार आज पनि ३५ अंकले बढेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार सेयर मापक सूचक नेप्से परिसूचक ३५.३९ अंकले बढेर २१४१.८७ अंकमा पुगेको छ ।
आज नेप्सेमा कारोबार भएका १३ उपसमुहमध्ये २ वटा उपसमुहको सेयरमूल्य घटेको छ भने बाँकी ११ वटा उपसमुहको सेयरमूल्य बढेको छ ।

आज नेप्सेमा कारोबार रकमका आधारमा शिवम् सिमेन्ट अग्रस्थानमा रहेको छ । कम्पनीको ३७ करोड ३४ लाख ९७ हजार २ सय ६८ रुपैयाँको कारोबार भएको छ ।

बुधबार नेप्सेमा ११ वटा कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यी ११ ओटै कम्पनीको सेयरमूल्य १० प्रतिशतले बण्ढेर सकरात्मक सर्किट लागेको छ ।

त्यस्तै आजको दिन कुमारी दानवृद्धि योजनाका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । उक्त योजनाको मूल्य ३.८२ प्रतिशतले घटेको छ ।

कुल २०६ कम्पनीको १ करोड ९९ लाख ६३ हजार ६ सय ४ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ९ लाख ७५ हजार १ सय ७६ रुपैयाँको कारोबार भएको छ ।