एचआईडिसीएलको लाभांश घोषणा


काठमाडौं । हाइड्रोइलेक्ट्रोसीटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसीएल) ले लाभांश वितरण गर्ने भएको छ ।

कम्पनीले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट आफ्ना सेयरधनीलाई ५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

कम्पनीको गत पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले मुनाफाबाट बितरण गर्ने ५.२६३ प्रतिशत नगद लाभांश वितरण प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि र सरकारले स्वीकृति दिएपछि सेयरधनीलाई वितरण गरिने कम्पनीले जनाएको छ । ।

समितिले प्रस्ताव गरेको उक्त लाभांश पारित गर्न कम्पनीले पुस २९ गते साधारण सभा बोलाएको छ । उक्त साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस १८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ पुस १७ गतेसम्म कायम सेयरधनीले साधारण सभामा भाग लिन पाउनेछन् ।