गरिमा विकास बैंककाे लाभांश घोषणा


काठमाडौं । गरिमा विकास बैंकले लाभांश घोषणा गरेको छ। कम्पनीले गत आर्थिक वर्षको आर्थिक मुनाफाबाट सेयरधनीलाई ९.५० प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

कम्पनीको पुस ४ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफा बाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्ता पुँजी ५ अर्ब १८ करोड ७६ लाख ८७ हजार ५७ रुपैयाँ रहेको छ । 

जस अनुसार कम्पनीले  हालको चुक्ता पूँजीको ९.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५० प्रतिशत  नगद लाभांश गरि कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीको उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्रै वितरण हुने बताइएको छ ।