काठमाडौं । सर्वोत्तम सिमेन्टले बुक विल्डिङ विधिमार्फत सर्वसाधारणलाई आइपीओ बिक्री गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले पुस ३ गते कम्पनीलाई आइपीओ निष्काशन तथा बिक्री खुला गर्न अनुमति प्रदान गरेको हो ।
बोर्डले प्रतिकित्ता ३६०.९० रुपैयाँ अंकित मूल्यमा अर्ब २९ करोड ९२ लाख ४० हजार रुपैयाँ बराबरको कुल ३६ लाख कित्ता आइपीओ बिक्री गर्न कम्पनीलाई अनुमति दिएको हो ।
कम्पनीले कुल ६० लाख कित्ता सेयर जारी गर्न लागेकोमा पहिलो चरणमा योग्य संस्थागत लगानीकर्तालाई ४० प्रतिशत बराबरले हुन आउने २४ लाख कित्ता बोलकबोल गरी कायम हुन आएको कटअफमूल्यबाट सर्वसाधारणलाई १० प्रतिशत घटाएर आइपीओ बिक्री गर्न लागेको हो ।
सर्वोत्तमले यसअघि प्रतिकित्ता ४०१ रुपैयाँदेखि ६०१.५० रुपैयाँसम्म बिक्री मूल्य सीमा तोकेर योग्य संस्थागत लगानीकर्तालाई २४ लाख कित्ता सेयर बोलकबोल गरेको थियो ।
उक्त बोलकबोलमा ४०१ रुपैयाँ कट अफ मूल्य निर्धारण गरेर संस्थागत लगानीकर्तालाई सेयर बाँडफाँट गरिएको थियो । बुक विल्डिङमार्फत आइपीओ बिक्री गर्न संस्थागत लगानीकर्ताले पेश गरेको बोलपत्रका आधारमा कायम भएको कट अफ मूल्यबाट १० प्रतिशत घटाएर सर्वसाधारणलाई आइपीओ जारी गर्नुपर्ने व्यवस्था रहेको छ ।
अन्य कम्पनीको प्राथमिक सेयरमा १० कित्ता मात्रै आवेदन दिन पाइने भएपनि यस कम्पनीको सेयर भने न्यूनतम ५० कित्ता भन्दा कम आवेदन दिन पाइने छैन ।
उक्त आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।
प्रतिक्रिया दिनुहोस्