काठमाडौँ । रोयल इन्फिल्ड मिटिओर ३५० सीसीको तीन नयाँ मोटरसाइकल पुनः सार्वजनिक भएको छ । रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभ प्रालि नक्साल स्थित रोयल इन्फिल्ड शोरुममा सार्वजनिक गरिएको हो ।
त्रिवेणी ग्रुपका निर्देशक सुवाष चन्द्र संघाइ र रोयल इन्फिल्डका प्रतिनिधी नेपाल बजार प्रमुख अभिषेक सुक्लाले मिटिओर फाइरबल, मिटिओर स्टेलर र मिटिओर सुपरनोभा सार्वजनिक गरेका हुन् । मिटिओर मोटरसाइकल जे प्लेटफर्ममा निर्माण गरिएको हो ।
यी मोटरसाइकलमा ३४९ सीसी सिंगल सिलिन्डर, फ्युल इन्जेक्टेड फोर स्ट्रोक, एयर–ओयल कुल्ड, इलेक्ट्रिक फ्युल इन्जेक्सन (ईएफआई) रहेको कम्पनीले जनाएकाे छ । उक्त इन्जिनले अधिकतम ६१०० आरपीएममा २०.२ ब्रेकहर्स पावर र ४००० आरपीएममा २७ एनएमको टर्क जेनेरेट गर्ने कम्पनीको दाबी छ । यसमा डुअल डिस्कब्रेक दिएको छ ।
कम्पनीका अनुसार यी माेटरसाइकलमा १५ लिटरको फ्युल ट्यांक क्षमता रहेको छ भने प्रति लिटर औषत ४० किलोमिटर माइलेज दिने छ । यी मोटरसाइकल कालो, पहेँलो, रातो, निलो र म्याट हरियो रंगमा उपलब्ध छन् । कम्पनीले मिटिओर फाइरबल ३५० सीसीको मूल्य पाँच लाख पचास हजार रुपैयाँ, मिटिओर स्टेलरको मूल्य पाँच लाख पचपन्र हजार र मिटिओर सुपरनोभाको मूल्य पाँच लाख पैसठी हजार तोकेको छ । योसँगै सबै भेरियन्टको बुकिङ समेत खुलिसकेको कम्पनीले जनाएकाे छ ।
प्रतिक्रिया दिनुहोस्