काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी भएको छ । शुक्रबार ललितपूरको बालकुमारीमा मन्त्री ज्वालाले प्रयोग गर्ने बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी गरेका हुन् ।
रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका युवाहरूले आगजनी गरेको काठमाडाैं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ ।
आन्दोलनका कारण कोटेश्वर–कलंकी सडकको यातायात प्रभावित भएको छ भने अहिले आन्दोलका कारण बालकुमारी क्षेत्र तनावग्रस्त बनेको छ ।
प्रतिक्रिया दिनुहोस्