बालकुमारी क्षेत्र तनावग्रस्त, प्रहरीको गोली लागेर एक प्रर्दशनकारीको मृत्यु


काठमाडौं । ललितपुरको बालकुमारीमा प्रहरीको गोली लागि एक जना प्रर्दशनकारीको मृत्यु भएको छ ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले प्रहार गरेको गोली लागेर गम्भिर घाइते भएका प्रर्दशनकारीको किष्ट अस्पतालमा मृत्यु भएको अस्पतालले जनाएको छ ।

अहिले बालकुमारी क्षेत्र तनावग्रस्त बनेको छ । प्रहरीले अश्रुग्यास प्रहार गर्दा पनि स्थिति नियन्त्रणमा आउन नसकेपछि गोली प्रहार गरेको थियो ।

कोरिया जानका लागि ईपीएस परीक्षाको विषयलाई लिएर आन्दोलनरत युवाहरूले मन्त्रीको गाडी जलाएपछि बालकुमारी क्षेत्र तनावग्रस्त बनेको हो ।

प्रदर्शनमा उत्रिएका युवाले सडक अबरुद्ध पार्दै भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला सवार बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी गरेपछि स्थिति नियन्त्रण बाहिर आएको ललिपुर प्रहरी प्रमुख एसएसपी सिद्धिविक्रम शाहले बताए।

आन्दोलनकारीले मन्त्री र पीएसोआई गाडीबाट बाहिर निकालेर आगजनी गरेका थिए ।

शाहका अनुसार अहिले प्रहरी टोली घटनास्थलमा पुगेर अश्रुग्यास प्रहार गर्दै स्थितिलाई नियन्त्रणमा लिने प्रयास गरिरहेको छ ।