उद्योगीहरुलाई अपराधी जस्तो व्यवहार गरिन्छ: राजेश अग्रवाल


काठमाडौँ । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले उद्योगीहरुलाई अपराधीजस्तो व्यवहार गर्ने गरिएको बताएका छन् ।

डेडिकेटेड र ट्रंक लाइन विवादको विषयमा उद्योगीहरुले काठमाडौँमा गरेको पत्रकार सम्मेलनमा उनले लाखौँलाई रोजगारी दिएको, देश विकासमा सहयोग गरिरहेको उद्योगीहरुलाई हरेक संस्थामा अपराधी जस्तो व्यवहार गरिएको बताएका हुन् ।

उनले सरकार निरीह भएको आरोप लगाएका छन् । उनले भने, “प्रमाण देऊ बिल तिर्छौ भन्दा बिल नदिने यो कस्तो कार्य हो ? एक व्यक्तिलाई सफल देखाउन सरकार निरीह जस्तो देखिएको छ ।”