डिकेटेड र ट्रंकलाइन बक्यौताको विषयमा सरकार संवेदनशिल भएन: अञ्जन श्रेष्ठ


काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआई)का वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले डेडिकेटेड र ट्रंकलाइन बक्यौताको विषयमा सरकार संवेदनशिल नभएको बताएका छन् ।

डेडिकेटेड र ट्रंक लाइन विवादको विषयमा भएको पत्रकार सम्मेलनमा उनले यो विषय गाँजिएर आउँदा पनि सरकार संवेदनशिल नभएको बताएका हुन् ।

श्रेष्ठले उद्योगीहरुको माथि तरबार झुण्डाएर सरकारले तर्साउने र धम्काउने काम गरिरहेको बताए । उनले सरकारलाई उद्योगीहरुको समस्या समाधानको पहल तत्काल गर्न आग्रह गरेका छन् ।

व्यक्तिले बोलेको कुरा नै कानुन भएको जस्तो भएको उनले बताए । उनले विहीबार विद्युत् प्रधिकरणले गरेको पत्रकार सम्मेलनमा कुलमान घिसिङले आफुले बोलेको कुरा नै कानुन जस्तो भएको भान उनलाई भएको बताए ।

डेडिकेटेड र ट्रंकलाइन प्रयोग गरेको प्रमाण छ भने उद्योगीहरुले रहेको उनले जानकारी दिए । उहाँले बोलेको कुरा नै सबै हो, कानुन नै त्यहि हो जस्तो गर्नु भएको कारण यो गाँजिएर गएको उनले उल्लेख गरे ।