यस्तो रह्यो एकदिने च्याउ मेलाको रौनक(फाेटाेफिचर)


काठमाडौँ । नेपालको च्याउ खेति प्रवद्र्धनका लागि च्याउ उत्पादक किसान संघ नेपालको आयोजनामा आज (पौष १५) गते ललितपुर स्थित जावलखेल मैदानमा एक दिने च्याउ मेला तथा परिकार महोसत्व सम्पन्र भएको छ ।

“च्याउ किसानहरूको जागरुताच, व्यवसायिक उत्पादनद्धारा आत्मनिर्भरता” भन्ने नाराका साथ च्याउ मेला आयोजना गरिएकाे थियाे । मेलामा ३० वटा स्टलहरू र च्याउसँग सम्बन्धी विभिन्न विषयहरूमा प्रर्दशनी हुनुका साथै च्याउनका विभिन्न परिकारहरूको उपल्बधता तथा प्रर्दशनी गरिएको थियो ।

मेलामा गोभ्रे, कन्ये, किङ वयस्टर र सिताके च्याउ उत्पादनको व्यवाहरिक प्रयोगात्मक प्रर्दशनी देखि विभिन्न स्टलहरूमा भिन्न भिन्न प्रकारका च्याउ उत्पादनका लागि आवश्यक वस्तुहरूको प्रर्दशनी गरिएको थियो ।

च्याउ उत्पादक किसान संघ नेपालले २०७६ साल पौष ९ गतेदेखि पौष २९ गतेसम्म मेचि महाकाली राष्ट्रिय च्याउ जागरण अभियान च्याउ किसान र सरोकारवालहरूको सहभागितामा संचालन गरेको थियो । यस संघ स्थापना देखि नै च्याउलाई राष्ट्रिय दिवसको रूपमा मनाउनका लागि विभिन्न समयमा सरकारी निकायहरूसँग अनुरोध र दबाबका कार्यक्रमहरू समेत संचालन गर्दै आएको च्याउ उत्पादन संघ नेपालका अध्यक्ष कार्कीले बताए ।

विहान १० बजेदेखि ५ बजेसम्म आयोजना भएको मेला तथा प्रर्दशनीको उद्घाटन प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले गरेको थिए । मेलामा बोल्दै घिमिरेले नेपाल जैविक विविधतालाई उपयोग गर्ने सन्दर्भमा धेरै नै पछि परेको बताए । उनले विदेशी च्याउलाई विस्थापित गरी स्वदेशी च्याउको बजारीकरण गर्न आजकाे आवश्यकता रहेकाे बताएका छन् । गत १० वर्षयता सरकारले च्याउ उत्पादक किसानलाई आवश्यक महत्व र स्थान दिन नसकेको उनकाे भनाइ थियाे ।