सोमबार पनि घट्यो नेप्से, ४ अर्ब ४८ करोड रुपैयाँको कारोबार


काठमाडौँ । सोमबार सेयरबजारमा गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सेयर मापक सूचक नेप्से परिसूचक ८.७५ अंकले घटेर २०६०.१५ अंकमा झरेको छ।

राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ परिसूचक ०.०९ अंकले घटेर ३८५.०७ अंकमा झरेको छ ।

आज नेप्सेमा कारोबार भएका कुल १३ उपमुहमध्ये ५ वटा उपसमहको सेयरमूल्य बढेको छ भने बाँकी ८ वटा उपसमुहको सेयरमूल्य घटेको छ ।

सोमबार कारोबार रकमको आधारमा शिवम् सिमेन्ट अग्रस्थानमा रहेको छ । कम्पनीको २० करोड १३ लाख ७३ हजार ६६२ रुपैयाँको कारोबार भएको छ ।

आजको दिन सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड, चिरख्वा हाइड्रोपावर, नेपाल वेयर हाउजिङ कम्पनी, हाथवे इन्भेष्टमेन्ट नेपाल, मुक्तिनाथ कृषि कम्पनी र हिमालयन हाइड्रोपवार लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको सेयरमूल्य क्रमश १० प्रतिशत, १० प्रतिशत, ९.९९ प्रतिशत, ९.९९ प्रतिशत, ९.९८ प्रतिशत र ९.९४ प्रतिशतले् बढेको हो ।

त्यस्तै आज मोलुङ हाइड्रोपवारका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य ८.०९ प्रतिशतले घटेको छ ।

कुल ३०६ कम्पनीको १ करोड १८ लाख ९२ हजार ५५९ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४८ करोड ३९ लाख ८२ हजार ४६१ रुपैयाँको करोबार भएको नेप्सेले जनाएको छ ।