मारुती सुजुकीले एकै वर्षमा बेच्यो २० लाख बढी कार


काठमाडौँ । भारतका धेरै अटोमेकरहरूले डिसेम्बर २०२३ को बिक्री तथ्याङ्क जारी गरेका छन्। जसमध्ये मारुती सुजुकी इन्डियाले एक महिनामा कुल १ लाख ३७ हजार ५५१ गाडी बिक्री गरेको छ ।

यो एक वर्ष अघि अर्थात डिसेम्बर २०२२ को तुलनामा १.२८ प्रतिशत कम हो। त्याे महिना कम्पनीले १ लाख ३९ हजार ३४७ गाडी बिक्री गरेको थियो ।

पहिलो पटक, मारुती सुजुकीले एक वर्ष (जनवरी १, २०२३ देखि डिसेम्बर ३१, २०२३ सम्म) २० लाखभन्दा बढी गाडीहरू बिक्री गरेको छ।

यस बाहेक बजाज, हुन्डाई र महिन्द्रा एण्ड महिन्द्राले पनि गत वर्षको डिसेम्बरको बिक्री तथ्याङ्क सार्वजनिक गरेका छन् । बजाजले डिसेम्बरमा ३ लाख २६ हजार ८०६ गाडी बिक्री गरेको छ। वार्षिक आधारमा १६ प्रतिशतले वृद्धि भएको छ । हुन्डाई र महिन्द्रा एण्ड महिन्द्राले ६० हजार २११ र ३५ हजार १७१ सवारीसाधन बिक्री गरेका छन् ।