काठमाडौं आइपुगे भारतिय विदेशमन्त्री एस जयशंकर


काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकर काठमाडौं आइपुगेका छन् । नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन उनी काठमाडौं आएका हुन ।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री एनपी साउँद र परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्सालले स्वागत गरेका छन्। नेपाल-भारत आयोगको सातौँ बैठकमा सहभागी हुन उनी २ दिनका लागि नेपाल आएका हुन ।

मन्त्री जयशंकरले आज बिहान ११ बजे शीतल निवास पुगेर भेट राष्ट्रपति रामचन्द्र पौडेललाई भेट गर्ने कार्यतालिका रहेको छ । यस्तै १२ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बालुवाटारमा भेट गर्नेछन् ।

मन्त्री जयशंकर आज दिउँसो १ बजे याक एण्ड यतिमा नेपाल-भारत आयोगको सातौँ बैठकमा सहभागी हुनेछन् । दिउँसो पौने २ बजे विभिन्न सम्झौता पत्रमा हस्ताक्षर गर्ने तालिका रहेको छ ।

आजै अपरान्ह्र उनले कांग्रेस सभापति शेरबहादुर देउवासँग र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्ने कार्य तालिका रहेको छ ।